रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली

काठमाण्डु टुडे २०८० जेठ ११ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ११ जेठ-  नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी को पार्टी कार्यालयमा पुगेको छ ।

आज बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो । उक्त भेटमा नेपाल र चीनका दुई पक्षबीच आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

छलफलमा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us