रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच जानाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ ११ गते ११:२३ मा प्रकाशित

काठमाण्डु ,११ जेठ-  रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ५ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ९ ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो।दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको लागी पठाइएको छ।सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ।

जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन। जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छु हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us