अख्तियारमा धुलो लागेर बसेका भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

काठमाण्डु टुडे २०८० जेठ १० गते १३:१३ मा प्रकाशित

काठमाण्डु,१० जेठ- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारलाइ भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै शाहीले अख्तियारमा भएका भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेका र ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसग माग गरेका छन।

उनले कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने बताएका छन। यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने र सदन पनि चल्न नदिने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us