
काठमाण्डु, १० जेठ- नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ।
तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्। चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने उनले बताए। चाहे घर होस् चाहे बार्दलीको होस्।
नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ। उनले भने’