राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुपर्छ:विमलेन्द्र निधि

काठमाण्डु टुडे २०८० जेठ १० गते १२:४३ मा प्रकाशित

The Deputy Prime Minister of Nepal, Shri Bimalendra Nidhi calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on August 20, 2016.

काठमाण्डु ,१० जेठ- नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधीले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको उकत विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई सुझाव दिए ।

आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौँ । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु ।

म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसद्मा प्रतिपक्षका सांसदहरूले पनि बोल्नु भएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् नै हुन्छ ।

अव त्यो संसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसद्मा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रीपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहिँ सम्पूर्ण रूपमा सक्रिय भइदिनु प¥यो उनले भने।

उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us