राज्यकै निकायको विश्वास भएन, गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने :रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ १० गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आशंका जनाएका छन् ।

उनले शरणार्थी प्रकरणमा राज्यकै निकायहरु र अनुसन्धान प्रमुखहरुको नामसमेत आइरहेकाले कसैको विश्वास गर्ने वातावरण नभएको बताए । बुधबारसंसद बैठक सुरू भएलगत्तै रास्वपाका सबै सांसदहरु कुर्सीबाट उठेका थिए ।

त्यसपछि सभामुखले प्रमुख सचेतकलाई पार्टीको भनाइ राख्न दुई मिनेट समय दिए । तर प्रमुख सचेतक सन्तोष परियाले पार्टीका तर्फबाट संसदीय दलका नेता रवि लामिछानेले बोल्ने बताए पछि रविले आफ्नो भनाइ राखेका थिए ।

उनले भने- अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ । दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’ । जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन ।

जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्यो ।

खुट्टा कमाउनुभएन । कारबाहीको दायरा ल्याउनुपर्छ । सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू ?

’लामीछानेले यो छानविनबाट चाहेकोजस्तो नतिजा आउन नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us