
काठमाण्डु, ९ जेठ -बुधबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ ।
भोली अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो । भोलीको बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो ।