काठमाण्डु महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई तिरायो पाँच हजार जरिवाना

काठमाण्डु टुडे २०८० जेठ ९ गते १७:४७ मा प्रकाशित

काठमाण्डु,९जेठ- काठमाण्डु महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

मङ्गलवार महानगरपालिकाले वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो ।

महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै आएको छ। एस्तै माहानगरले अटेर गर्नेमाथि जरिवाना गर्दै आएको छ ।काठमाडौँमा खुला स्थानमा आगो बाल्नेलाई महानगरपालिकाले तिरायो ५ हजार जरिवाना

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us