हुन्डीको २० लाख नगद सहित भारतीय युवक पक्राउ

काठमाण्डु टुडे २०८० जेठ ९ गते १५:४६ मा प्रकाशित

काठमाण्डु ,९ जेठ-प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् । ठाकुरले जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

उनले नगदको स्रोत खुलाउन सकेका छैनन् । आरोपीबारे अनुसन्धान भइरहेको प्रहरलिे जनाउको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us