
काठमाण्डु,९जेठ-पोखरामा १० जेठमा आयोजना गरिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ।
मंगलबार गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सविचालयले एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ।
बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अनुभव आदान प्रदान गर्ने भन्दै १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाएका थिए।