कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आज शुक्रबार संम्बेधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन ।

उनले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने बताएका छन । उनले विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने बताएका छन ।

उनले राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने घोषणा गरेका छन ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us