सडक खाली नगरी संसद पुगे राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०८० जेठ ५ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ बानेश्वर पुगेका छन् । आर्थिक वर्ष २०८०र०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गरिएदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us