राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाण्डु टुडे २०८० जेठ ५ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकले तत्कालीन संविधानसभा सदस्य एवं कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो ।

लामो समयदेखि बिरामी उनको ७८ वर्षको उमेरमा आफ्नै निवास सिफलमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us