सांसद जगप्रसाद शर्माको सरकारसँग आग्रह–नक्कली भुटानी शरणार्थी प्रकरणमा दृढतापूर्वक अघि बढ्नु

काठमाण्डु टुडे २०८० जेठ ५ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेका छन ।

आज (शुक्रबार) बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको भन्दै त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताएका छन ।

सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताएका छन । उनले मुलुकको सुशासनका लागि पुँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण उनले गराएका छन ।

उनले साधारण खर्च हुने तर पुँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने बताएका छन । उनले निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरूमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us