पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० जेठ ५ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेटवर्ता भएको छ ।

आज (शुक्रबार) बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो । भेटवर्ता को क्रममा भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको छ ।

साथै भेटमा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us