
काठमाण्डु, ५ जेठ– अहिले मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक बसेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।