धनगढीमा २६ वर्षीय डाक्टर मृत फेला

काठमाण्डु टुडे २०८० जेठ ५ गते १२:३१ मा प्रकाशित

धनगढी, ५ जेठ– धनगढीमा एक डाक्टर मृत अवस्थामा भेटीएकी छन । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ ।

उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिएका छन ।

उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत रहेकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us