दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

काठमाण्डु टुडे २०८० जेठ ५ गते ११:४८ मा प्रकाशित

दाङ, ५ जेठ– दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिका छन । दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिएका छन । गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us