ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ ५ गते ११:४१ मा प्रकाशित

रुकुम पश्चिम, ५ जेठ– रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका छन ।

रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिएका छन ।

यस्तै दुर्घटनमा परी दुई जना भने घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् ।

घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us