
काठमाण्डु, ३० वैशाख– एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकालेको छ ।
बिहिबार देखी तीन दिन सम्म पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको छ ।
निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङलेले जानकारी दिएका छन । कमिटीमा हरेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने बताएका छन ।