
काठमाण्डु, ३० वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सीमा नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताएकी छन ।
आज (शनिवार) काठमाण्डुमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको बताएकी छन ।उनले भनिन्, ‘दुई देशबीच सीमालाई सम्मान गर्नुपर्छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन्। हाम्रो देशको नक्सामा संसद्ले यो भूमिलाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमता, राष्ट्रिय एकतामा ऐतिहासिक रूपमै नयाँ एकताको सञ्चार भएको छ।
भौगोलीक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भएको छ।’ उनले कालापानीको विषयलाई व्यवहारिक निष्कर्षमा पुर्याउनका लागि काल गण्डकीको मुहानबारेमा ऐतिहासिक प्रशंगलाई स्मरण गर्नुपर्ने बताएकी छन ।