नदीमा डुबेर युवकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १६:२३ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– बाँकेको कोहलपुरमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका ३६ वर्षीय कमल साहानी रहेका छन ।

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका प्रहरीले बताएको छ ।

उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us