
काठमाण्डु, ३० वैशाख– पछिल्लो २४ देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले जानकारी दिएको छ ।
थप १४ जना संक्रमित निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ मन्त्रायले जानकारी दिएको छ ।
सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि मन्त्रायले जानकारी दिएको छ । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।