देउवा, ओली र प्रचण्ड पनि दोषी देखिए कारबाही गर्नुपर्छ: गोविन्द केसी

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १५:१८ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– काठमाण्डुको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आज शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको बताएका छन ।

उनले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने बताएका छन । उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनपर्छ ।

उनले भने , ‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको बताएका छन ।

उनले भने,‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us