
काठमाण्डु, ३० वैशाख– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि भ्रष्टचारविद्धको प्रदर्शनमा सहभागी भएका छन ।
आज शनिबार देशका विभिन्न भागमा त्यस किसिमको प्रदर्शन भइरहेको छ । भट्टराई भने काठमाण्डुको नारायणचौरमा आयोजित प्रदर्शनमा पुगेका थिए ।
देशव्यापीरूपमा उठेको भ्रष्टाचारविरूद्ध नागरिक अभियानमा काठमाण्डुको नारायणचौरमा सहभागी भएर पूर्ण ऐक्यबद्धता व्यक्त गरेको उनले बताएका छन ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘लोकतन्त्रमा सचेत नागरिकहरूले निरन्तर सडकबाट खबरदारी गरेर सदन र सरकारलाई दबाब दिनसके मात्र लोकतन्त्र बलियो हुन्छ र जनताले सुशासन र समृद्धि हासिल गर्नसक्छन्१ अभियान जारी रहोस् । ’