ठूला नेता निलम्बन पर्नुमा हाम्रो भूमिका छ: रवि लामिछाने

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १४:१६ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन ।

आज (शनिबार) भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले यस्तो बताएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताएका छन ।

रास्वपाले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र पुर्व उपप्रधानमन्त्री एवं एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए ।

उनले भने,‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन ग¥यो भन्ने सुन्यौं नि त । हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गरे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि ।’

उनले विगतमा दलहरुले दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us