धादिङमा गुडिरहेको बसमा आगलागी

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १३:२९ मा प्रकाशित

धादिङ, ३० वैशाख– धादिङमा  गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

धादिङबाट काठमाण्डु जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा बसधुनिबेशी नगरपालिका–९ मा शनिबार बिहान साढे ११ बजेतिर आगोलागि भएको प्रहरीले जानकारी दिएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । ३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us