सडक निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सनको पोलमा चढे एक युवक

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १३:२२ मा प्रकाशित

मोरङ, ३० वैशाख– मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । जिल्लाको बुढीगंगा गाउँपालिका – ७ स्थित डंग्राहाकाका ४० वर्षीय दिनेशकुमार माझी निमार्णाधीन रिटेनिङ वालको गुणस्तरमा प्रश्न उठाउँदै प्रसारण लाइनको टावरमा चढेका हुन ।

माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए ।

उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन ।

उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us