लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १२:२३ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– ट्राफिक प्रहरीले भक्तपुरको जगातिमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बागमती प्रदेश–०२–००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकका १९ वर्षीय सुमन काफ्ले ,

ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढुङ्गाका २० वर्षीय पारस खड्का, र बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा रहेका छन । त्यसैगरी बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदिप खड्का,

प्रदेश १–०१–०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्का रहेका छन । नियन्त्रणमा लिएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातिमा राखिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us