
काठमाण्डु, ३० वैशाख– एमालको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यलयमा बैठक सुरु भएको हो ।
बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले वि.सं. २०८४ सालमा हुन निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
आजको बैठकले वार्षिक कार्यक्रमको खाता तयार पार्ने बताइएको छ । स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी गरेको छ ।