काठमाण्डु, २९ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारवाही माग गर्दै अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका विदार्थीहरुले त्रिचन्द्र कलेज, आरआर कलेज लगायतका कलेज अगाडि प्रदर्शन गरेका छन । उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।
विभिन्न कालखण्डमा भएका अनियमितता, आर्थिक हिनामिना, ठुलो साना सबै खाले भ्रष्टाचारको जालो तोडेर सुशासन युक्त नेपाल निर्माणका लागि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन ।