
काठमाण्डु, २८ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
आज बिहीबार मात्रै ३१ जना कोरोनाबाट निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ ।