पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत लगियो

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १५:२१ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाण्डु लगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाण्डु लगेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

आज (बुधबार) विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाण्डुमा राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us