एमालेले टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १४:०५ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us