टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरले लेख्यो मन्त्रालयलाई पत्र

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– काठमाण्डु महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ ।

पत्राचारका लागि काठमाण्डु महानगरकाका प्रमुख बालेन्द्र साह बालेनले ले आज निर्णय गरेका हुन् । निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पत्र पठाएका हुन ।

पत्रमा भनिएको छ, ‘ हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us