ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– रास्वपाको समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ गरेको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको हो ।

इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us