
काठमाण्डु, २५ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको जानकारी दिएको छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन ।