बजेटका सिद्धान्त र प्राथमिकता ‘यथास्थितिवादी निबन्ध’ जस्तो: स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १५:२५ मा प्रकाशित

 काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो रहेको बताएका छन ।

संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको प्रतिनिधि सभाको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘अर्थमन्त्री भन्नुहुन्छ– आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, जलवायु परिवर्तनको असर न्यूनीकरण गरिदिन्छु, संघीयताको सवलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको मनोबल उकास्छु। तैपनि आज किन खल्लो छ माहोलरु किन हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ।’

यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना र बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनिय भइरहँदा सच्चिने, सुधार्ने, सपार्ने गुन्जायास नभेटिएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us