
दार्चुला , २५ वैशाख– दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल परेको प्रहरीले जानकारी दिएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।
यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव भेटीएको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले बताएको छ ।