सांसदहरुले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– आज बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल जारी छ ।

तर, छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेका लागि भएको छ ।

प्रावधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको भन्दै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेका लागि स्थगित गराएका हुन ।

प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठले प्रि बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने बताएका थिए ।

तर, राष्ट्रिय सभाको बैठकमा पनि प्रि बजेट छलफल चलिरहेको र उक्त बैठकमा अर्थमन्त्री सहभागी रहेको भन्दै सभामुखले सांसदहरुलाई सम्झाएका थिए ।

सांसदहरुले अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रतिनिधिसभाको बैठक नै १५ मिनेका लागि स्थगित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us