
काठमाण्डु, २५ वैशाख– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको प्रष्टीकरण दिएका छन ।
उनले भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको बताएका छन ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु ।
दुई मिनेट पाउने हो त्यो समय पाउँ’ उनले पत्रकारहरुसित भने, ‘उहाँ ९सभामुख०लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध गरेका थिए ।
आफ्नो लागि सदन निर्बस्त्र भएको, जनताको लागि सदन निर्बस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उनले बताएका छन ।