बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज: रवि लामिछाने

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज भएको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । लामिछानेले बजेटको सिद्धान्त र प्राथमिकता नयाँ सिराहाबाट नयाँ ढङ्गबाट आउन नसकेको बताएका छन ।

उनले आर्थिक स्थिति निकै कमजोर स्थितिमा पुगिसकेको अवस्थामा यसलाई माथि उठाउने गरी भन्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको निरन्तरताको पुलिन्दा भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us