बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि आक्रमण

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १३:२६ मा प्रकाशित

कालीकोट, २५ वैशाख– कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि भएको छ ।

जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार विहान साढे ६ बजे बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन ।

गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको एसएसपी श्रेष्ठले जानकारी दिएका छन ।

बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us