विनियोजन विधेयकले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ: देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले संसद्मा पेस भएको आगामी आर्थिक वर्षको विनियोजित विधेयकले अर्थतन्त्रको वास्तविक चित्रण गरेको बताएका छन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा पेस गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताले अहिलेको कठिन आर्थिक स्थितिको वास्तविकता बोकेको र यसको निराकरणमा बजेट केन्द्रित हुने प्रस्ट पारेको बताएका छन ।

उक्त विधेयकमाथि पार्टीहरूले सत्ता पक्ष र प्रतिपक्षको रूपमा प्रस्तुत भएको, टिका टिप्पणी भएको भन्दै उनले दुःख व्यक्त गरेका छन । उनले भने, ‘सत्तामा को छ र पहिले को थियो भन्ने होइन ।

हिजो पनि गठबन्धन थियो र आज पनि गठबन्धन छ । तर को थियो र को छ भन्ने तिर नलागौँ, मुलुकको वास्तविकतातर्फ सबै केन्द्रित हौँ’ अर्थमन्त्रीज्यूले पेस गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकताले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ । यसमा वस्तुपरक भएर छलफल गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us