
काठमाण्डु,२५ वैशाख– कांग्रेस सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले व्यक्त गरेको छ । एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई एमाले अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गरेका थिए ।
आजको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । ‘‘भन्ने शब्द हटाइयोस् ।’
एमालेले पार्टी गतरुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने सोही अनुसार निर्णय लिने आश्वास दिए ।