
काठमाण्डु, २५ वैशाख– एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएपछि शुन्य समयमा बोल्दै मैनालीले यस्तो माग गरेका हुन ।
उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए ।
सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी समेत दिएका थिए ।