
काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको छ । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका थिए ।
रास्वपाको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ ।