भैरहवाबाट काठमाण्डु उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

काठमाण्डु टुडे २०८० वैशाख २५ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– भैरहवाबाट काठमाण्डुको लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाण्डु आउँदाआउँदै गरेको श्री एयरलाइन्सको जहाज भैरहवा नै फर्किएको हो ।

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाण्डुतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो ।

यात्रुहरू जहाजभित्रै रहेका थिए । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको जानकारी दिएका छन ।

तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन । जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us