अमेरिकालगायतका देशहरूमा पठाइदिन्छु भन्दै साढे तीन करोड बढी ठगी गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १८:२४ मा प्रकाशित

काठमाण्डु,२४ वैशाख- अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । बास्तोला लाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो ।

उनले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्यकक्ति ३० लाख रुपैयाका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ ।

उनीमाथि थप अनुसन्धान  तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, पठाइको प्रहरीले बताइको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us