सदन ‘बंक’ गर्ने क्रम बढेपछि संसदमा ई–हाजिरीको सुरू गर्ने तयारी

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १४:०४ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख- संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी)सुरू गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ ।

सदनको महत्वपूर्ण छलफलमा समेत सांसदहरूको नगण्य उपस्थिति हुनेगरेका लेआइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ ।

सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us